देउवाले गरे खाँण निकटका नेताहरुसँग छलफल

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् ।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल कांग्रेस स्रोतले जानकारी गराएको छ ।

सभापति देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक अरु खाँण निकटका व्यक्ति हुन् । सभापति देउवासँग नेताहरुले दुई घण्टा बढी धुम्बाराहीमा छलफल गरेका हुन् ।  तरुण दलमा खाँणको बलियो पकड रहेको छ ।

देउवाले विगतमा तरुण दलका वर्तमान र पूर्व अध्यक्षहरुलाई बोलाएर छलफल गरेका हुन् ।

You May Also Like