च्यासलमा एमाले जनसंगठनका पदाधिकारी भेला

काठमाडौं । नेकपा एमालेले पार्टी निकट जनसंगठनका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालय च्यासल बोलाएको छ ।

दिउँसो १ बजे सबै जनसंगठनका पदाधिकारीलाई च्यासल बोलाइएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताए । ढकालका अनुसार, एमालेले शुरु गर्न लागेको एक वर्षे अभियान’bout जानकारी दिन भेला बोलाइएको हो ।

‘पार्टी महासचिवले एक वर्षे अभियान’bout जानकारी दिनु हुनेछ, पार्टी अध्यक्षले राजनीतिक निर्देशन दिनु हुनेछ,’ ढकालले भने ।

२३ वटै जनसंगठनको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेकाले पनि प्रशिक्षणात्मक भेला राखिएको उनले बताए ।

You May Also Like