एमाले सांसद रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं । प्रहरीले नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा छापा मारेको छ । मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा हानेको हो ।

नक्कली शरणार्थी प्रकरणमा सचिव रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उहाँ पक्राउ पर्नुभएको छैन ।

तर, मंगलबार भने नोपाल प्रहरीको टोलीले उहाँको घरमा छापा मारेको हो । रायमाझीको घरमा उहाँको सवारीसाधन भेटिएको थियो ।

You May Also Like