नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायत’bout छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।

मंसिरमा भएको संसदिय निर्वाचन र हालै भएको उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि एमाले अहिले संगठन विस्तार एवं सुदृढिकरण अभियानमा केन्द्रित छ ।

शुक्रबारको बैठकले राष्ट्रपतिबाट हालै प्रमाणित नागरिकता विधेयक, रेशम चौधरीको रिहाई लगायतको निर्णय’bout पार्टीको आधिकारिक धारणा बनाउन सक्ने बताईएको छ ।

You May Also Like