सुर्खेतमा लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा नं ४ भैरवस्थानबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । प्रहरीको गोप्य सुचनाका आधारमा सादा पोशाकमा खटिएका सयुक्त प्रहरी टोलीले सोही ठाँउका ४० वर्षका दिपक पन्तलाई पक्राउ गरेको हो ।

उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको ४ पुडिया फेला पारेको प्रहरीले जनाएको छ । पन्तलाई थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

You May Also Like