५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पीसीआर र एन्टीजेन गरी १ हजार ९ सय २ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

सोही अवधिमा २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रिमतको संख्या एक सय ४७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार एक सय २१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

You May Also Like