नवराज बजगाई र रचना रिमालको स्वरमा रहेको ‘आधा माया’ सार्वजनिक


काठमाडौं, १४ जेठ ।

ज्योमेट्रिक इन्जिनियर नवराज बजगाईले ‘आधा माया’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका रचना रिमाल र स्वम नवराजकै स्वर रहेको गीत शनिबार एक कार्यक्रमबीच सार्वजनीक गरिएको हो ।

संगितका सर्जक महेश खड्काको लय तथा संगीतले सुनमा सुगन्ध थपेको महशुस गराउदछ । प्रकाश लम्सालको शब्द रहेको छ ।

इन्जिनियर नवराजसहित हाल चर्चामा रहेकी उषा उप्रेतिको अभिनय, यो गितमा देख्न पाइन्छ । माया प्रितिका सुमधुर क्षणहरुलाई समेटिएको छ । गीत सार्वजनीक गर्दै इन्जिनियर नवराजले अपिलले यो गीतलाई सबैले एउटा कोसेली ठान्न अनुरोध गरेका छन् ।

यो गीतलाई टिम मुक्तीनाथको निर्देशनमा तयार पारिएको हो । नवराजले ‘तिमि फूल हौ प्रिया’ लगायतका गित बजारमा ल्याईसकेका छन् ।

You May Also Like