सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक सोमबार सिंहदरबारमा सुरु भएको हो । बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने जनाइएको छ ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

You May Also Like