एसपीका २२ पद रिक्त, को-को छन् बढुवाको प्रतिस्पर्धामा

काठमाडौं । नेपाल प्रहरीमा एसपीका २२ पद रिक्त भएका छन्। एसपी आभुषण तिम्सिनाले दिएको राजीनामा गत बुधबार स्वीकृत भएसँगै २२ पद रिक्त भएको हो। यसअघि १८ जना एसपीलाई एसएसपीमा बढुवा गरेपछि एसपी रिक्तको संख्या २१ पुगेको थियो।

एसएसपीमा बढुवा हुनुभन्दा पहिला ३ एसपीको पद रिक्त थियो। अहिले तिम्सिनाको राजीनामा स्वीकृत भएसँगै रिक्त एसपीको संख्या २२ पुगेको छ।

एसएसपीमा बढुवा भएका १८ प्रहरी अधिकृतहरुको भोलि (सोमबार) फुली लगाउने कार्यक्रम छ। त्यसपछि औपचारिक रुपमा डीएसपीबाट एसपी बढुवाको लागि बाटो खुल्छ।

२२ एसपीका लागि करिब ५० डीएसपीहरु प्रतिस्पर्धामा छन्। २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएकाहरु ३ लटमा डीएसपी भएका थिए। उनीहरुमध्ये पहिलो लटमा डीएसपी भएकाहरुमध्ये केही एसपी बढुवा भएका थिए भने बाँकी कसैको पनि बढुवा हुन सकेको छैन। २०६१ को ब्याचभन्दा अघिल्लो ब्याचका पनि केही प्रहरी अधिकृतको बढुवा हुन सकेको छैन।

बढुवाको प्रतिस्पर्धामा राजेश थापा, रामप्रसाद घर्तीमगर, हरिहरनाथ योगी, अपिलराज बोहरा, गौतमकुमार केसी, बसुन्धरा खड्का, रविन्द्रबहादुर सिंह छन्।

त्यसैगरी अंगुर जिसी, चित्रबहादुर गुरुङ, गोविन्द पुरी, नवराज कार्की, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, कुमोध ढुंगेल, भावेष रिमाल, सन्तोष आचार्य, नारायण चिमरिया, श्यामबहादुर खत्री, श्यामकुमार राई, शालिकराम शर्मा, राजन भुजेल र नरेन्द्र चन्द छन्।

गोविन्दराज काफ्ले, प्रदीपकुमार क्षेत्री, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रंजितकार, निरंजन दत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, रविन कार्की, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनो घिमिरेलगायत करिब ५० डीएसपीहरु एसपी बढुवाको सूचीमा छन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरेपछि विदेश जाने कार्यक्रम छ। त्यसपछि मात्रै बढुवा निकाल्ने तयारी प्रहरी हेडक्वाटरले गरेको छ।

You May Also Like