पशुपति सरसफाइ अभियानमा वाइसीएलको साथ

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले सुरु गरेको तीन महिने पशुपति सरसफाइ अभियानमा वाइसीएलले साथ दिने भएको छ ।

वाइसीएल अध्यक्ष सुबोध शेर्पालीले स्वच्छ पशुपति, सफा पशुपति र हराभरा पशुपतिु अभियानमा सहभागी हुन वाइसीएल सम्बद्ध सदस्यहरुलाई निर्देशन दिइएको बताए ।यस अभियान अन्तर्गत आज कैलाशडाँडा एरियामा सरसफाइ हुँदैछ ।

अध्यक्ष शेर्पालीले पशुपतिमा मात्र नभएर देशभर हुने सामाजिक कार्यमा सहयोग गर्न वाइसीएल तयार रहेको बताएका छन् ।

You May Also Like