कर्णालीका यूवा पर्यटन अभियान्ता रोकाया भिजिट नेपाल २०२० मा नियुक्त

 

काठमाडौँ,  रारा बचाउ अभियानका अभियान्ता तथा कर्णाली पर्यटनका युवा उद्यमी देबिकृष्ण रोकाया भिजिटि नेपाल २०२० मा नियुक्त भएका छन ।

सरकारले नियुक्त गरेको नेपाल भ्रमण बर्ष २०२० भिजिट नेपाल कर्णाली प्रदेश प्रबर्द्धन समितिमा नेपाल सरकारका तर्फबाट सदस्यमा मनोनित भएका हुन  । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी गरिहेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन ।

रोकाया भिटोफ नेपाल, रारा पर्यटन बिकास समिति, कर्णाली पर्यटन उद्यमि समाज लगायतका बिभिन्न समाजिक संस्थाहरुमा आबद्ध छन । राराको पर्यटनमा दिलो ज्यान दिएर लागि परेका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटन बिकासमा कार्यरत छन ।

कर्णाली बिना नेपालको पर्यटन अधुरो र अपुरो हुन्छ र कर्णालीको भविष्य पनि पर्यटनमा रहेको मान्यता राख्ने रोकाया त्यसका आधारहरु स्तम्भहर निमार्णको शिलशिलामा रहेको दावी गर्छन ।  रोकाया रारा एडभेन्चर प्रा. ली. र रारा मुर्मा होमस्टेका संचालक समेत हुन ।

You May Also Like