हुम्लामा अझै पुग्न सकेन पाठ्य पुस्तक

हुम्ला। मुगु जिल्लासँग सिमाना जोडिएको चङ्खेली गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुुग्न सकेको छैन । पुस्तक ढुवानीकर्ताले गाउँपालिकाकै सलीसल्लाको गोदामसम्म पुस्तक पुर्याएको भएपनि गाउँपालिकाले पाठ्यपुस्तक नबुझेपछि पाठ्यपुस्तक सलीसल्लामै थन्किएको हो ।

गाउँपालिकाको चरम लापरवाहीका कारण चंखेली गाउँपालिकाभित्रका २६ वटा विद्यालयमा एक हजार नौं सय ८० जना विद्यार्थी पाठ्यपुस्तक पाउनबाट वञ्चित हुनुु परेको छ।

शैक्षिक सत्र सुरू भएर भर्ना अभियान सम्पन्न भइ पढाई सुुरु भएके एक महिना अगाडी सलीसल्लामा पुुगेका पुस्तक गाउँपालिकाले सलीसल्ला बजार गएर नलिएपछि विद्यार्थीहरुको हातमा अझै पाठ्यपुस्तक पुग्न नसकेको हो ।

You May Also Like