आईपीएल: गुजरात प्लेअफनजिक

काठमाडौँ । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा शुक्रबार राजस्थान रोयल्सलाई सजिलै नौ विकेटले हराएको छ । जितसँगै गुजरात प्रतियोगिताको प्लेअफको नजिक पुगेको छ ।

यो जितपछि गुजरातले शीर्ष स्थानमा आफ्नो अग्रतालाई तीन अंक पुर्‍याएको छ ।

उसको १० खेलबाट १४ अंक भएको छ । पछिल्ला पाँच खेलमध्ये चारमा पराजित राजस्थान भने १० अंकमा चौथो स्थानमा छ । उसले पहिले ब्याटिङ गर्दै १७।५ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र बनाएको थियो ।

रसिद खानले १४ रन खर्चेर तीन विकेट लिए र ‘प्लेयर अफ द म्याच’ बने । जवाफमा गुजरातले १३।५ ओभरमा एक विकेट गुमाएर १ सय १९ रन बनायो । ओपनर रिद्दीमान साह ४१ रन बनाएर नटआउट रहे ।

You May Also Like