डीभी लोटरीको नतिजा आज: नपत्याउनुस् छानिएको जानकारी इमेलमा दिँदैन

काठमाडौं । सन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज राति प्रकाशित हुँदै छ । नेपाली समयअनुसार राति करिब ९ः४५ बजे डीभीको नतिजा आउने छ । रिजल्ट आगामी असोज १३ गतेसम्म हेर्न पाइने छ ।

अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर डीभी परेरनपरेको हेर्न सकिन्छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रिया’bout जानकारी सोही साइटमा उपलब्ध हुने छ ।

डीभी परेको भन्दै विभिन्न अपरिचित व्यक्ति, समूहले इमेल, फोनसमेत गर्ने गरेका छन् । यस्तोमा विश्वास नगर्न काठमाडौंस्थित अमेरिकी दूतावासले आग्रह गरेको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् । डीभी लोटरी अमेरिकाको ग्रीनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।

You May Also Like