आत्महत्या एक सामाजिक रोग

लक्ष्मीप्रसाद पौड्याल (अनुरागी)

एउटा औषधिविहीन सामाजिक रोग हो आत्महत्या । औषधि त छ तर यो उपचारविहीन छ । ताकी यो समाजमा रहेका कोपिला र फूलहरूको किरा बनिदिएको छ र फल्नलाई बाधा पु¥यायको छ । जस्तो कि क्षयरोगको पूर्ण र सफल उपचार सम्भव छैन तर निरन्तर औषधि सेवनपछि अधिकांश मात्रामा रोग निको हुन्छ । त्यस्तै हाम्रो समाजको रोग आत्महत्या पनि निरन्तर प्रयासबाट गर्न सकिन्छ । देखसिकी पनि भइरहेको छ यो, कि एउटाले नराम्रो काम ग¥यो त्यसपछि आत्महत्या वेइज्जति पायो ।

आत्महत्या, धोका खायो आत्महत्या आफैमा विश्वास नहुनु, जीवनदेखि हार खानु र भावी जीवनको लागि असमर्थ हुनु र त्यसपछि आत्महत्या हुने गर्दछ । खासगरी आत्महत्याको सिकारमा युवा युवती परेको पाइन्छ । अनि प्रायः गरी आत्महत्याको कारण ‘प्रेम’ पनि बनेको देखिन्छ । प्रेममा धोका र विछोड आत्महत्योको एउटा कारण हो । र जातीय र वर्गीय विभेदले नित्याएको समस्याको कारण पनि आत्महत्या बढेको छ । मानौं अन्तरजातीय प्रेम जोडी विवाह गर्न चाहनु र परिवार र समाजले स्वीकार नगर्नु, धनीको छोरा वा छोरी वा गरीबको छोरा वा छोरीबीच प्रेम सम्बन्ध छ र उनीहरू विवाह गर्न चाहन्छन् तर यो कुरा धनी परिवारलाई स्वीकार छैन ।

विभिन्न रोडबाट ग्रस्त भइ आफ्नो बेइजति भएको ठानेर पनि हुने गर्दछ आत्महत्या । कसैको सामु आफ्नो बेइजत भएको छ भने पनि मानिस आत्महत्या गर्दछ । वास्तवमा लागूपदार्थ सेवनबाट हुने कलह र झैझगडाबाट पनि आत्महत्याको घटना बढ्न सक्छ । आत्महत्याको पछाडि वास्तवमा कोही पनि लाग्नु उचित होइन । मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । मानव जीवन संसारकै सबैभन्दा राम्रो र रमाइलो हुन्छ । सुख दुःख त भइ नै हाल्छ । आफैलाई हुक्क पार्ने काम मान्छेले नै गर्छ र आत्महत्या जस्तो चुच्छ र घटिया काम पनि मान्छेले किन गर्दछ त ।

नेपालको सदर्भमा प्रायः गरी विकट ठाउँहरुमा आत्महत्याको समस्या देखा पर्ने गरेको छ । प्रायः आत्महत्या गर्दा पासो लगाउने, विष सेवन गर्ने र नदी खोलामा हाम फाल्ने गर्दछन् । जीवनदेखि हार खानु मर्नु बाहेक अरु विकल्प नदेख्नु आत्मविश्वास नहुनु नै आत्महत्याको आधार हो । कुनै प्रेम सम्बन्धमा प्रेमी प्रेमिकाले वाचा कसम खान्छन् कि जीनव प्रयत्नसँगै हुनेछौं भनि एक अर्कालाई मन मुटु सुम्पिन्छन् र माया गर्दछन् । एक अर्का विनाको कल्पनाको संसार पनि बनाउन चाहँदैनन् । वाध्यतावश होस् या जानी जानी कुनै एक छुटिएर अन्तै माया लगाउन वा विहे गर्न पुग्छ त्यसमा पीडितलाई एक दमै पीडा हुन्छ । आत्मविश्वास घट्छ र आत्महत्याको बाटो रोज्न सक्छन् । वास्तवमा यो उसको ठूलो भुल हो ।

उसले त्यसको सामु केही बनेर र गरेर देखाउनु पर्दथ्यो । दुई प्रेमी जोडि अन्तरजातीय हुन् भने समाज र परिवारले उनीहरुको विवाह स्वीकार गदैन र उनीहरु छुट्न चाहदैनन् । त्यसैले आत्महत्या रोज्दछन् । समाजले यो भुल गरेको हो । यस्तै जातीय र वर्गीय विभेद गर्दा समाजले वर्षेनी आफ्ना सन्तती गुमाइरहेको छ । जबसम्म जातीय र वर्गीय विभेद हट्दैन । तवसम्म आत्महत्या जस्तो सामाजिक रोग हटाउन पनि गाह्रो पर्नेछ । कुनै व्यक्ति रोगी र पीडित छ उपचारको लागि गरीब छ भने उसले आफ्नो वेइज्जत ठान्दछ । र आत्महत्याको कार्यक्रम रोज्न सक्दछ ।

उसको लागि साहारा र सहयोगी तथा हौसला आवश्यक पर्दछ । र कसै सामु वेइज्जत हुनु, कुटपिट र जाँडरक्सी जस्ता लागूपदार्थका कारणबाट कलह हुनु पनि आत्महत्याको कारण बन्ने गर्दछ । आत्महत्याको अन्त्य गर्न निकै कठिन मानिएपछि यसलाई कम गर्न भने सकिन्छ । कसैले प्रेममा धोका खाएको छ भने त्यसलाई झन् पीडा हुने खालका कुरा होइन बाँच्न र संघर्ष गर्न लागि, प्रोत्साहन र हौसला दिने खालका सुझाव र परामर्श दिनु पर्दछ र पीडितले पनि त्यसलाई जीवनको एक क्षण सम्झनु पर्दछ । नेपाली उखान छ ‘खुट्टा भए जुत्ता कति कति !’ भनि आत्मविश्वास बढाउनु पर्दछ । झन् उत्साहित भएर जीवन निर्वाह गर्नुपर्छ । आत्महत्यालाई कम गर्न जातीय र वर्गीय विभेदलाई अन्त्य गर्नुपर्दछ ।

सबै समान भन्ने भावना मनमा बोक्नुपर्छ । प्रेम जोडी अन्तरजातीय विवाह गर्न चाहन्छन् भने पनि स्वीकार गर्नुपर्दछ । सबै यस धर्तीका सन्नति भन्ने सम्झनुपर्दछ । सबै जातजाति, भाषा भाषी, धर्म, वर्ग, वर्ग समान भन्ने महान् भावना मनमा पाल्नु पर्दछ । रोगीलाई तत्काल परामर्श र उपचार परिवार र सरकारले व्यवस्था मिलाउनु पर्दछ ।

कसैले नराम्रो काम गरेमा वेइजति होइन बरु कानुन अनिसार कारबाही गर्नुपर्दछ । श्रीमान् श्रीमतीबीच राम्रो र मायालु सम्बन्ध राख्ने गर्नुपर्दछ । लागू पदार्थ पूर्णरुपमा नियन्त्रण गर्नुपर्दछ । कुनै व्यक्तिले आत्महत्या गर्नुभन्दा कोहीले कुनै न कुनै संकेत गरेको हुन्छ । त्यसमा सचेत हुने र वेइजत नगरी गोव्य परामर्श, सुझाव र होसला र सचेतना दिने गरेमा हाम्रो समाजको रोग आत्महत्या अन्त्य गर्न सकिन्छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like