शहिदको रगतको कसम खाएर खत्याड गाउँपालिका अध्यक्ष शाहीले गरे पदभार ग्रहण


मुगु । खत्याड गाउँपालिकाका नव निर्वाचित अध्यक्ष अज बहादुर शाही (अमरध्वज) ले पदभार ग्रहण गरेका छन। गाउँपालिकाको कार्यलय माझचौरमा पालिका उपाध्यक्ष सरिता रोकाया, निर्वाचन अधिकृत डा. बाबुराम ढुङ्गाना, प्रशासकिय अधिकृत नैनसिंह बुढा, कर्मचारी, राजनितिक दलका नेता र सामाजिक अगुवाहरुको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।

समाज र राष्ट्रको रुपान्तरण र बिकासका लागी जीवन उत्सर्ग गर्ने जनयुद्ध, जनआन्दोलन र अन्य जनमुक्ति र राष्ट्रिय मुक्ति आन्दोलनका शहिदहरुको रगतको कसम खाएर आफू पनि भ्रस्टाचार नगर्ने अरुलाई पनि गर्न नदिने वाचा सहित खत्याड गाउँपालिका लाई भ्रष्टाचार मुक्त बनाउने र खत्याडी जनताको अभिमत, आशा र बिश्वास लाई कहिँ कतै पनि डगमगाउन नदिने संकल्प व्यक्त गर्नु भयो । खत्याडी जनताको बिकास, समृद्धि र रुपान्तरणको आकांक्षालाई पुरा गर्न आफू पुर्ण रुपमा समर्पित भएर अनवरत लागी पर्ने बताउनु भयो ।

पदभार ग्रहण गर्ने क्रममा जनयुद्ध, जनआन्दोलन, जनमुक्ति र राष्ट्रिय मुक्ति आन्दोलनका शाहीद परिवार, बेपत्ता, घाइते तथा अपांगहरु लाई गाउँपालिकाको आन्तरिक स्रोतबाट मासिक रु. १,००० थप समाजिक सुरक्षा भत्ता आउदो आर्थिक वर्ष बाट उपलब्ध गराउने निर्णय गर्नु भयो । साथै खत्याडको आर्थिक र सामाजिक बिकासको लागी उच्च दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्याउन गाउँपालिकाले ईन्जिनियरिङ र मेडिकल उच्च शिक्षा अध्यायनको लागी गाउँपालिका भित्रका दलित, गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय गर्नु भयो ।

मुगुको खत्याड गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसको संयुक्त चुनावी गठवन्धन थियो। अध्यक्ष शाही माओवादी केन्द्र र उपाध्यक्ष रोकाया नेपाली काङ्ग्रेस बाट निर्वाचित हुन।

You May Also Like