अल-हिलालद्धारा मेस्सीलाई वार्षिक ५२ अर्बको औपचारिक प्रस्ताव

एजेन्सी । विश्व फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरबको अल-नासर क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । उनले त्यहाँ वार्षिक २२० मिलियन अमेरिकी डलर अर्थात् २८ अर्ब नेपाली रुपैयाँ फुटबल खेलेरै मात्र कमाउँछन् ।

यतिबेला पीएसजीका फुटबलर लियोनल मेस्सीलाई पनि साउदीको अर्को टोली अल-हिलाल क्लबले अनुबन्ध गर्न आकर्षक अफर गरेको छ । मेस्सीलाई वार्षिक ४०० मिलियन अमेरिकी डलर अर्थात् ५२ अर्ब ५ करोड रुपैयाँ तिरेर अल-हिलालले खरिद गर्न चाहेको रोयटर्सले जनाएको छ । जुन रोनाल्डोको कमाइभन्दा झण्डै दोब्बरले बढी हो ।

रोयटर्स, मार्का, फोर्ब्स, द टेलिग्राफलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हरेक वर्ष ४०० मिलियन अमेरिकी डलरको औपचारिक प्रस्ताव अल-हिलालले मेस्सीलाई गरिसकेको छ । यस’bout मेस्सीले निर्णय भने गरिसकेका छैनन् ।

मेस्सीले पीएसजी छाड्ने पक्का भइसकेपछि उनको भविष्य कहाँ होला भनेर प्रश्न उठिरहेका बेला अल(हिलालले मेस्सीका लागि आकर्षक प्रस्ताव राखेको हो । त्यसो त मेस्सीलाई उनकै पुरानो क्लब बार्सिलोनाले पनि अनुबन्ध गर्न चाहिरहेको छ तर निकै न्यून तलबमा । ’cause बार्सिलोना अहिले आर्थिक संकटमा छ । ऋणमा फसेको बार्सिलोनालाई ला लिगाले एक वर्षमा मात्र २०० मिलियन युरो खर्च गर्न पाउने नियम बनाइदिएको छ ।

मेस्सी कम तलबमै बार्सिलोना जाने सम्भावनालाई पनि नकार्न सकिँदैन ’cause बार्सिलोना र मेस्सीको सम्बन्ध दशकौं पुरानो हो । मेस्सीले बार्सिलोनामा २० वर्षसम्म खेले । उनले सोही क्लबमा च्याम्पियन्स लिग र बालन डिअरजस्ता उपाधि जिते ।

You May Also Like