मेस्सीको गोलले मान्यता पाएन, बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । १–० ले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल गरे । यो बराबरीले बार्सिलोनाको ला लिगामा अपराजित यात्रा कायम रह्यो ।

खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले रोड्रिगोले गोल गर्नु अघि नै गोल गरेका थिए । तर रेफ्रीले मेस्सीको गोललाई मान्यता दिएनन् । मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए । तर पनि आफ्नो गोलले मान्यता नपाएपछि मेस्सी रिसाएका थिए ।

बराबरीपछि पनि शीर्ष स्थानको बार्सिलोनाले चार अंकको अग्रता लिएको छ । उसको १३ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ । बार्सिलोना तेस्रो र चौथो स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ । ला लिगा अन्तर्गत राति नै भएका अरु खेलमा सेभिल्लाले भिल्लारियललाई ३–२ ले हरायो भने रियल सोसिडाड र लास पालमस तथा एथ्लेटिको बिल्बाओ र डिप्रोटिभो डि लाकोरुनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like