‘ज्याकी :आई एम ट्वान्टी वान’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘ज्याकीस् आई एम ट्वान्टी वान’ बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

कोरियोग्राफर रेनशा राई राणा निर्देशित डान्स ड्रामा चलचित्रमा धीरज र जसिताको अलवा प्रेम सुब्बाको अरुण क्षेत्री, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार र सुशान्त गौतमकोको पनि मुख्य अभिनय रहेको छ ।

चलचित्रलाई आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो । ‘इन्टुमिन्टु लण्डनमा’ पछि रेनशाले निर्देशन गरेको यो चलचित्रले मल्टिप्लेक्समा राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

चलचित्रको प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेका छन् । चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बास्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

You May Also Like