टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्वमन्त्री रायमाझी भैरहवाबाट बिहीबार बिहान पक्राउ पर्नुभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उहाँलाई बिहीबार नै काठमाडौं ल्याइने तयारी भएको छ ।

रायमाझी पक्राउ परेको’bout प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन् । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । उहाँका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए ।

You May Also Like