परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश साउद (एनपी) बेलायत प्रस्थान गर्नुभएको छ ।

बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्नु भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो । परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो ।

साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत प्रस्थान गर्नुभएको छ ।

उहाँ वैशाख २६ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

You May Also Like