राराको पर्यटन विकास र प्रवद्र्धनका लागी रारा महत्सव हुने ।

प्रदेश नं. ६ को मुख्य पर्यटकिय गन्तव्यको रुपमा रहेको राराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ५ दिने बृहत रारा पर्यटन महोत्सव हुने भएको छ । रारा प्रदेश नं. ६ कै मुख्य आम्दानिको स्रोत मानिएको छ । मनमोहक राराको दृश्यावलोकन र समग्र कणार्लीको पर्यटन बिकासका लागि बृहत रारा पर्यटन महत्सव हुने रारा पर्यटन बिकास समितिका अध्यक्ष तथा रारा बचाउ अभियानका अभियान्ता देबीकृष्ण रोकायले बताएका छन । रोकायाका अनुसार राराको संरक्षण र रारा बिकासका आधारहरु तय गर्न बृहत रारा महत्सव गर्न लागिएको हो । पर्यटन, धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको मुगु र रारा क्षेत्रको प्रवद्र्धनका लागि सरोकार वाला सबै संग सहकार्य गरेर बैशाख अन्तिम साता रारा महोत्सव गर्न लागेको बताउनु भयो ।
रोकायाले कर्णाली आफैंमा धार्मिक तथा प्राकृतिक हिसाबले संसारकै पर्यटकीय गन्तव्य रहेको बताए । यस क्षेत्रको प्रचार प्रसारका लागि पर्यटन महोत्सवले प्रभावकारी भूमिका खेल्ने भन्दै राराको चौतर्फी विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । ‘कर्णाली आफैमा सांस्कृतिक तथा जैविक विविधता भएको क्षेत्र हो । यहाँ आर्थिक स्रोतका लागि पर्यटनसँगै जलविद्युत, कृषि अर्गानिक र वहुमुल्य वडिबुटीको पकेट क्षेत्र हो,’ उनले भने,‘यस क्षेत्रको समृद्धिका लागि रारा महत्सवले सौन्दर्य र पर्यटनमा नयाँ आयम थप्नेछ ।’
‘अहिले रारा पुग्न हवाई सेवा पनि प्रभावकारी नभएको र कर्णालि राजमार्गको कालो पत्र र स्तर उन्नती नहुदा समस्या छ, तर वैकल्पिक मार्ग तयारी गरिरहेका छौं । अबको केहि वर्ष्भित्र वैकल्पिक मार्ग सम्पन्न हुने छ,’ उनले भने । उनका अनुसार रारालाई अन्तराष्ट्रिय तहमा प्रचारका लागि “स्वच्छ सुन्दर हाम्रो रारा, विश्वमा चिनाऔ मिलि जुलि सारा” भन्ने नाराका साथ मुर्मा गाउँलाइ नमुना होमस्टे, मुर्मा टप भ्यु टावरको बृहत योजना अगाडि बडीसेको जानकारी दिए । केबलकार संचालनका लागी २५ रुपैया अभियान संचालन गरिने रोकायाले बताए ।
महोत्सवमा राराको सुन्दर दृश्य अवलोकन, घोडा, डुंगा र साइकल सयर कर्णालीको बृत्तचित्र प्रर्दशन, स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स रारा म्याराथन, विविध सांस्कृतिक झाँकी, खेलकुद कार्यक्रम, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहने जनाएइको छ । रारा संरक्षण तथा सम्वद्र्धन महोत्सवका लागि करिब ५ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

You May Also Like