क्रिकेट मैदानमा दर्शकले आफै उठाए फोहोर (तस्बिरहरु)

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियु मैदानमा जारी नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण आज स्थगित भएको छ।

युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा खेल रोकिएको छ। बाँकी खेल मंगलबार हुनेछ।वर्षाले खेल रोकिएपछि पनि पुनः सुरु हुने आशामा दर्शकले छाता ओढेर अन्तिम समयसम्म प्रतिक्षा गरेका थिए। यस्तै, अन्तिममा दर्शकले क्रिकेट मैदानको फोहोरसमेत आफैले उठाएका छन्।

दर्शक बस्ने ठाउँमा जम्मा भएको फोहोर उनीहरु आफैले संकलन गरेका हुन्।

You May Also Like