अझै तीन महिनासम्म टेलिकमको अफरैअफर, यस्ता छन् सुविधा

काठमाडौं- आफ्ना उपभोक्ताहरुका लागि सुविधा विस्तार गर्दै नेपाल टेलिकमले अफरलाई तीन महिनाका लागि थप गरेको छ। विभिन्न प्याकेजका अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ।

केके छन् अफर?
अल टाइम डाटा प्याकेज

जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ।
यो प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ। त्यसैगरी, २५ रुपैयाँमा सात दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ। ५० रुपैयाँमा १५ दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, दुई सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र तीन सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ।

नाइट डाटा प्याकेज

जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड पोस्टपेड मोबाइलका ग्राहकले विशेष अफरसहित नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिनेछ। त्यसैगरी, ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ। यो बाहेक दुई सय रुपैयाँमा तीन जिबी डाटा र तीन सय रुपैयाँमा ६.५ जिबी डाटा ३० दिनसम्म चलाउन पाइनेछ।

फोरजी डाटा प्याक

जिएसएम प्रिपेड/पोस्टपेड मोबाइलमा पहिलेदेखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि टेलिकमले निरन्तरता दिएको छ। ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र सय रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी, दुई सय रुपैयाँमा १२०० एमबी, तीन सय रुपैयाँमा २००० एमबी र पाँच सय रुपैयाँमा ३६०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ।

नाइट भ्वाइस प्याक
नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको छ।

फेसबुक/इन्स्टाग्राम डाटा प्याक

फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा सात दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी, सय रुपैयाँमा ५०० एमबी डाटा र दुई सय रुपैयाँमा ११०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ।

वाउटाइम प्रमोसनल सब्सक्रिप्सन प्याक
जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउँदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्सक्रिप्सन अफर उपलब्ध गराइएको छ। अफर अन्तर्गत एक दिनका लागि २४ रुपैयाँ, सात दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि दुई सय ५० रुपैयाँका विभिन्न सब्सक्रिप्सन प्याकेज उपलब्ध गराएको छ। ग्राहकले आवश्यकता अनुसारको प्याकेज किनेर सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्नेछन्।

भ्वाइस प्याक
जिएसएम तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ। यो प्याकेज एक दिन प्रयोग गर्न सकिने व्यवस्था छ।

२५ रुपैयाँमा ३० मिनेटको प्याकेज तीन दिनका लागि उपलब्ध छ। ५० रुपैयाँमा पाँच दिनका लागि ७५ मिनेट, सय रुपैयाँमा १० दिनका लागि २०० मिनेट, दुई सय रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, तीन सय रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र पाँच सय ५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ। सो कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।

युट्युब/टिभी/भिडियो
जिएसएम प्रिपेड/पोस्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिनेछ। यस अन्तर्गत सय रुपैयाँमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी, ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनलाई उपलब्ध हुनेछ। काठमाडौं- आफ्ना उपभोक्ताहरुका लागि सुविधा विस्तार गर्दै नेपाल टेलिकमले अफरलाई तीन महिनाका लागि थप गरेको छ। विभिन्न प्याकेजका अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ।

केके छन् अफर?
अल टाइम डाटा प्याकेज

जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ।
यो प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ। त्यसैगरी, २५ रुपैयाँमा सात दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ। ५० रुपैयाँमा १५ दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, दुई सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र तीन सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ।

नाइट डाटा प्याकेज
जिएसएम प्रिपेड/पोस्टपेड तथा सिडिएमए प्रिपेड पोस्टपेड मोबाइलका ग्राहकले विशेष अफरसहित नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिनेछ। त्यसैगरी, ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइनेछ। यो बाहेक दुई सय रुपैयाँमा तीन जिबी डाटा र तीन सय रुपैयाँमा ६.५ जिबी डाटा ३० दिनसम्म चलाउन पाइनेछ।

फोरजी डाटा प्याक

जिएसएम प्रिपेड/पोस्टपेड मोबाइलमा पहिलेदेखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि टेलिकमले निरन्तरता दिएको छ। ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र सय रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी, दुई सय रुपैयाँमा १२०० एमबी, तीन सय रुपैयाँमा २००० एमबी र पाँच सय रुपैयाँमा ३६०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ।

नाइट भ्वाइस प्याक
नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको छ।

फेसबुक/इन्स्टाग्राम डाटा प्याक

फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा सात दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यसैगरी, सय रुपैयाँमा ५०० एमबी डाटा र दुई सय रुपैयाँमा ११०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ।

वाउटाइम प्रमोसनल सब्सक्रिप्सन प्याक
जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउँदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्सक्रिप्सन अफर उपलब्ध गराइएको छ। अफर अन्तर्गत एक दिनका लागि २४ रुपैयाँ, सात दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि दुई सय ५० रुपैयाँका विभिन्न सब्सक्रिप्सन प्याकेज उपलब्ध गराएको छ। ग्राहकले आवश्यकता अनुसारको प्याकेज किनेर सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्नेछन्।

भ्वाइस प्याक

जिएसएम तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ। यो प्याकेज एक दिन प्रयोग गर्न सकिने व्यवस्था छ।

२५ रुपैयाँमा ३० मिनेटको प्याकेज तीन दिनका लागि उपलब्ध छ। ५० रुपैयाँमा पाँच दिनका लागि ७५ मिनेट, सय रुपैयाँमा १० दिनका लागि २०० मिनेट, दुई सय रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, तीन सय रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र पाँच सय ५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ। सो कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ।

युट्युब/टिभी/भिडियो

जिएसएम प्रिपेड/पोस्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिनेछ। यस अन्तर्गत सय रुपैयाँमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिने छ। त्यसैगरी, ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनलाई उपलब्ध हुनेछ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like