प्रधानमन्त्री दाहालको भारत भ्रमण तय भइसक्यो: सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा जाने भन्ने कुरा भए पनि टुंगो नलागेको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्रीले भ्रमणमा कस्ता विषय छलफलमा समेट्ने तय नभएको बताउनुभयो ।

मन्त्री शर्माले भारत भ्रमणमा दुई देशीय हित, सीमासम्बन्धी विषय, कृषि, पूर्वाधार विकासलगायत विषयमा नियमित संवाद हुन सक्ने बताउनुभयो ।

अर्को प्रसंगमा मन्त्री शर्माले शर्माले मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितलाई घर फर्किन आग्रह गनुभयो ।

उहाँले सरकारले मिटरब्याजलाई फौजदारी अपराधको रुपमा लिएर कारबाही गर्ने गरी कानूनी प्रबन्ध गर्ने गरी आयोग गठनको प्रक्रिया अघि बढाइसकेको बताउनुभयो ।

You May Also Like