निर्माणाधिन बेलीब्रिज भाँचिदा चार जना गम्भीर घाइते

काठमाडौं। डोल्पा सडक खण्ड अन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमािथ निर्माणाधीन बेलीब्रिज भाँचिदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज भट्टराईले जनाकारी दिए ।

डीएसपी भट्टराईका अनुसार घाइतेहरुको हेलिकप्टरबाट उद्दारका लागि पहल भइरहेको छ । उनका अनुसार जाजरकोटको नलगाड नगरपालिका १२ स्थित तल्लुबगर र रुकुम पश्चिमको आठवीस नगरपालिका ४ को गोतामकोट जोड्ने भेरी नदीमा निर्माणाधीन पुल भाँचिएको हो । घाइतेहरू सबै निर्माणमा संलग्न कामदारहरू रहेका छन् ।

You May Also Like