कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णालीको जनजिवन कष्ठकर बन्दै


                                   जाडो बढ्दै गएपछि मुगु सदरमुकाममा आगो ताप्दै स्थानिय ! तस्विरः रारा सञ्चार

गमगढीः
कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ । हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ ।

अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी मर्कामा परेका छन् । चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको जिल्ला स्वास्थय कार्यालय मुगुले जनाएको छ । कार्यालयका सुचना अधिकारी बलिराज बुढाका अनुसार चिसो बढेसगैँ रुघाखोकी र ज्वरोका बिरामी बढेको भएपनी त्रसित हुनपर्ने स्थित नरहेको उहाँको भनाई रहेको छ ।

अस्पतालमा आउने बिरामीलगायत सबैलाई बाक्लो कपडा लगाएर न्यानो राख्न र झोलिलो पदार्थ खान सुझाव दिइएको पनि उहाँले बताउनुभयो । छोटो दिन र लामो जाडो रातले गर्दा पानी जम्ने कारणले पनी स्वास्थयमा पानी प्रयोग गर्दा ध्यान राख्नुपर्नेमा स्वास्थय कर्मीहरुको जोड रहेको छ । सदरमुकाममा बिहान बेलुका चिसोले गर्दा आगो बालेर व्यापारिक कारोबार भइरहेको छ । जाडोले व्यापार घटेको स्थानीय व्यापारी जनक शाहीको भनाई छ ।

थोरै भए पनि व्यापार होस् भन्ने आशले पसल खोलिन्छ तर आजभोलि ग्राहक नआउँदा चिसो खानेबाहेक अरु केही छैन, उहाँले भन्नुभयो ।हिमपात नहुँदा खेती किसानी गर्न मुगु सहित कर्णालीवासीलाई चिन्तित बनाएको छ । बेलैमा पानी नपरे कृषकको हिउँदेबालीको उत्पादन घट्ने जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रसार अधिकृत राम सुरत पालको भनाई रहेको छ ।

 

                                                Ujyaalo

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like