हिमाली क्षेत्रमा उडान रोकिँदा यात्रु अलपत्र

रारा सञ्चार संवाददाता,
काठमाडौं, १ साउन ।

कर्णालीका हिमाली क्षेत्रमा हवाइ जहाज उड्न सकेका छैनन् । हवाइ जहाजले उडान नगर्दा असार ३२ गतेदेखि टिकट काटेर बसेका यत्रुहरु नेपालगञ्ज र सुर्खेत एयरपोर्टमा अलपत्र परेका छन् ।

नागरिक उड्यान कार्यलयले साउन १ गतेदेखि उडान अनुमति लिनु पर्ने सूचना जारी गरे पनि एयरलाइन्स कम्पनीहरुले समयमै अनुमति नलिदा उडान हुँन नसकेको नागरिक उड्यान कार्यलयका प्रमुख सुवाश झाले जानकारी दिए ।

‘एयरलाइन्स कम्पनीहरुले साउन १ देखि उडान अनुमति लिनु पर्ने सूचना गराउँदा पनि कम्पनीहरुले अनुमति लिएका छैनन्,’ उनले भने, ‘एयरलाइनस कम्पनीहरुले उडान अनुमति लिए आजै जहाज उडान गर्न सकिन्छ ।’

नेपालगञ्जदेखि जुम्ला, मुगु, हुम्ला, कालिकोट, डोल्पा र बाजुराको लागि उड्ने जहाज विहानदेखि उडान भर्न सकेका छैनन् ।

उता नागरिक उड्यान कार्यलयले सहज आपुर्तिकोलागि के गर्ने भन्ने ’boutमा एयरलाइन्स कम्पनीसंग बेखबर छ ।

You May Also Like