विद्युतको तारमा झुन्डिए नुवाकोटका माइला विक

नुवाकोट, २८ जेठ ।

नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।

उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। विकको मानसिक सन्तुलन गुमेको र उनले जे पनि गर्ने गरेको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

You May Also Like