ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका १४ गोथ्रवाबाट ग्वारखोला तर्फ जाँदै गरेको रा १ त ४८९८ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने १४ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार रहेका ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

You May Also Like