कर्णाली आफै मागि खाने भएको होइन, बनाइएको हो: कर्णालीका जनप्रतिनिधीहरु (फोटो सहित)

काठमाडाै ।  कर्णालीका जनप्रतिनिधहरूले  कर्णाली आफै मागिखाने भएको नभइ कर्णालीलाइ मागि खाने बनाइएको बताएका छन। बुधवार राजधानीमा आयोजीत कर्णालीको खाद्य र कृषी हाम्रो  सरोकार बिषयक तथा प्रतिनीधि सभा, प्रदेश सभा सदस्यहरुलाइ बधाइ तथा सम्मान कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन ।


कार्यक्रममा डा. कृष्णचन्द पौडेलले कर्णाली आफैमा निर्भर हुन त्यतैको स्रोतलाइ सदुपयोग गर्न आवस्यक रहेको बताए ।
कर्णाली समाजको सहकार्यमा भएको उक्त कार्यक्रममा बोल्दै कालीकोट बाट र्निवाचित सांसद तथा पुर्ब उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले जनताले आफुहरुलाइ निर्वाचित गराएर जिम्मेवारि सुम्पियकोले त्यो जिम्मेवारिलाइ पुरा गर्ने तिर लाग्नु पर्ने जोड दिए ।


हुम्ला प्रदेश  सभा क बाट निर्वाचित सांसद दल रावलले बधाइ कार्यक्रम मा जिममेवारि बोध गरेको बताए । रावलले भने काठमाडौमा बसेर कर्णालीको विकास ’bout चिन्ता गर्नु जायज हो । अझ प्रत्यक बर्ष प्रतिनीधिहरुले जनतालाइ के दिए र कर्णालीमा कस्तो विकास गरे भनेर मुल्यांकन गर्न आवस्यक रहेको बताए । उनले भने कर्णालीलाइ आधुनिकता तिर लाग्नु भन्दा जैविक बनाउनतिर लाग्न जरुरि छ ।


त्यस्तै डोल्पाबाट समानुपातिक सभासद पद्मा बुढाले ५२ प्रतिशत गरिवी भएको ६ नं प्रदेशलाइ राज्यले पनि बिचरा भनेर हर्ने ुरकार र समाजलाइ च्यालेन्ज र्गन आवस्यक रहेको बताइन । यनले भनिन कर्णालीलाइ विकास र्गन निती नियम बनाउदा सोचेर बनाउनेहो भने कर्णालीले फड्को मार्ने उल्लेख गरिन ।

कालिकोटका सांसद दुर्गा बहादुर रावत ले कर्णालीमा जल, जंगल र जडिबुटिलाइ व्यबस्थित गर्नेहो भने कर्णाली मागेर खाने होइन अरुलाइ दिने प्रदेशको रुपमा चिनिने बताए ।

रावतले कर्णालीको युवाहरुलाइ ब्यांग्य गर्दै भने अलि पढ्यो हलो छोड्यो बढि पढ्यो थलो छोड्यो गर्नाले पनि कर्णालीको विकासमा समस्या परेको बताए । रावतले भने एउटा वडाको सदस्य जित्ने बित्तिकै सदरमुकाममा घर कसरि बनाउने भन्ने सोचको परिपाटलिे गर्दापनी कर्णाली पछाडि परेको हो ।

जुम्लाका सांसद पदम रोकायले पनि कर्णाली कृर्षिप्रधान भएकोले हिजोका दिनमा कर्णालीमा मोटर बाटो नहुंदा समस्या भएकोले अब मोटरबाटो पुराउन जोड दिनुपर्ने बताए । उनले भने मोटरबाटो पुग्यो भने कर्णालीको चिनो फापर बेचेर पनी अात्म निर्भर बन्न सक्ने अवस्था रहेको छ ।


कार्यक्रममा कालीकोटकका सांसद कुर्मराज शाहलिे निर्वाचनको बेला जनतालाइ मिठा सपनामात्र बाडेर नपुग्ने बताए । शाहलिे हामिले जे बोलेका छौ त्यो गर्नुपनि पर्छ तर जनतालाइ बोलेको कुरा पुरा गर्न राजधानी आउदापनि केन्द्रिय सरकारको किचलोले सम्भव नभएको आक्रोश पोखे । उनले भने जनताको बिचमा बोलेकोकुरा पुरा हुने नहुनो चिन्ताको बिषय रहेको छ ।


मुगुका सांसद दानसिंह परियारले पनि कर्णालीको नाममा कार्यक्रम गर्ने तर लागु नहुनेहुंदा विकास नभएको बताए । उनले कर्णालीममा विकास नहुनु केन्द्रिय स्तरमा पहुच नहुनु प्रमुख समस्या रहेको बताए ।


कार्यक्रममा डोल्पा नगरपालीका प्रमुख बमबहादुरं बुढाले कर्णालीमा बिकास नहुनु नेपालका राष्टसेवक कर्मचारि र सांसदको टुलो हात रहेको आरोप लगाए । उनले भने बाहिरी देशबाट बजेट भित्र्याउदा कर्णालीलाइ देखाउने तर बजेट आइसकेपछि राज्यले मतलव नगर्ने गुनासो पोखे ।


बधाइ तथा सम्मान कार्यक्रममा कर्णालीलाइ नजिक बाट चिन्ने र कर्णालीको ’boutमा चिन्ता लिने बिभिन्न व्यक्तिहरुले कर्णालीको खाद्य तथा कृर्षीमा आधुनिकता भन्दा जैविक उत्पादनमा जोडदिनुपर्ने धारण राखेक थिए । कार्यक्रममा आयोजकको तर्फबाट सुरेन्द्र रावलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजिकरण उपेन्द्रजंग शाहले गरेका थिए ।


 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like