झडप पछि ललितपुरमा कर्फ्यू, सुनसान पुल्चोक क्षेत्र

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा विहिबार भएको झडप पछि ललितपुरमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोड भित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू आदेश जारी भएसंगै काठमाडौँ उपत्यकाका सुरक्षा जाँच पनि कडा पारिएको छ । उपत्यकाका धेरै जसो स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । विहिबारको तुलनामा रिंग रोडमा समेत सवारी साधन निकै कम फाटफुट रुपमा चलेका छन । शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो। कर्फ्यू आदेश जारी गरिएका स्थानहरु यतिबेला सुनसान छन् । अत्यावश्यक बाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन।

     कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुता माथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू लगाइएको हो । स्थानियको बाक्लो सहभागितामा बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो। बैठक पछि कर्फ्यू आदेश जारी गर्ने निर्णय भएको थियो ।

       स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा र अमनचयनमा बाधा पर्ने गरी गतिविधि देखिए कर्फ्यू लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ। विशेष गरी रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न स्थानीयहरू सयौंको संख्यामा निस्केपछि स्थिति नियन्त्रण भन्दा बाहिर जाने शंकाले प्रशासनले कर्फ्यू लगाएको हो।

भिडियो हेर्न तलको लिकंमा Click गर्नुहोस :

You May Also Like