सम्पर्कविहीन भएको तारा एयरको विमानमा सवार २२ जनामध्ये १४ को शव संकलन


मुस्ताङ, १६ जेठ ।

पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।उक्त दुर्घटना जहाजमा सवार २२ थिए । जस मध्ये १४ जनाको शव संकलन भएको जनाइएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा नभेटेको बताइएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको बताएका छन् ।

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ । अहिले शव संकलन गरिरहेको प्रहरीले जनाएको छ ।

You May Also Like