प्रहरीको सफलता १० दिनमा १२ फरार अभियुक्तहरु पक्राउ

                                                                                                                                         
छोटो अवधी मै विभिन्न अभियोगमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । भाद्र १ गते देखि १० गते भित्र विभिन्न अभियोगमा फरार रहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटाघाट कार्यक्रममा बताउनु भएको हो ।
प्र.ना.उ. साहका अनुसार प्रहरी केन्द्रिय कार्यालयको निति अनुसार अदालतको फैसला कार्यान्वयन गर्न अभियुक्तलाई पक्राउ गर्न जारी गरेको विषेश योजना अनुसार प्रहरी सक्रिय हुदा लामो समयसम्म फरार रहेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन । पक्राउ मरेका मध्य ११ जना अभद्र व्यवहार र कुटपिटको आरोपमा फरार रहेकाहरु रहेको र उनीहरु अदालती प्रकृया पुरा गरि धरौटीमा रिहाँ भएको प्रहरीले बताएको छ ।
यो अवधीमा सबै भन्दा ठुलो उपलब्धी भनेको जवरजस्ती करणी र चोरी मुदा्रमा जिल्ला अदालत मुगुको २०७४ फाल्गुण २१ गतेको फैसलाका प्रतिवादी ९ गते पक्राउ पर्नु रहेको प्रहरीले बताएकको छ । प्रतिवादीले २०७१ असोज ६ गते अन्दाजी साँझ ५ बजे खत्याड गाँउपालिका वडा नं ११ डाडवनमा एक युवतीलाई करणी गरि फरार रहेका थिए । उनी घटना घटाएको ६ बर्षपछि पक्राउ परेका छन ।
 
अदालतको फैसला भैसक्दा पनि फरार रहेका प्रतिवादी बर्ष २१ का शुक्रराज शाही भारतको सिम्लामा लुकीछिपी बसेको र कोरोनाका कारण भारतमा समेत लकडाउन भएपछि एक महिना अघि घर आएर बसेको थाहा पाएपछि प्रहरीले प्रतिवादी कै घरबाट मंगलबार पक्राउ गरेको थियो ।अदालतले प्रतिवादी शाहीलार्ई १० बर्ष कैद सहित ६९ हजार ३ सय जरिवाना फैसला गरेको छ । जिल्लामा कारागार नभएकाले प्रतिवादीलाई राख्न कारागार विभागको अनुमती आएपछि विभागले तोकेको कारागारमा प्रतिवादीलाई चलान गर्ने पनि प्रनाउ साहले बताउनु भयो ।
जिल्लामा समुदाय प्रहरी साँझेदारी कार्यक्रम प्रभावकारी हुदा अहिले प्रहरीलाई काम गर्न सजिलो भएको पत्रकार भेटघाटमा बताईएको छ । सबै वडा,बस्ती,पालिका र जिल्ला स्तरमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमका संरचना र पदाधीकारीहरु भएकाले जस्तो सुकै घटना भएपनि समय मै सुचना आउने गरेको र विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न र पिडितलार्ई न्याय दिन सजिलो भएको छ प्रनाउ साहले बताउनु भयो ।लक डाउनले गर्दा अदालतबाट फैसला भएका तर फरार रहेका व्यक्तिहरु जिल्लामा आएकाले उनीहरुलाई पक्राउ गरि अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी लागी परेको पनि बताईएको छ ।
जिल्लामा प्रहरीको सक्रियता बढेकाले सानो सानो घटनामा पनि जिल्ला धाउने चलन अन्त्य हुदै गएको छ नत्र विगतमा सानो तिनो घटनालाई पनि राजनैतिक रंग दिएर ठुलो बनाउने कार्य हुदै आएको थियो । राजनैतिक रंगमा ठुलै आर्थिक चलखेल गर्ने र यो कार्यमा स्थानिय नेताहरु सक्रिय हुने गरेका थिए तर हालका प्रनाउले यसरी आएका घटनाहरुको वास्तविकता बुझी मुदा्र दर्ता गरि हाल्ने र दोषिलाई कसैको दवावमा नपरि पक्राउ गर्न थालेपछि घटनालाई मुख्य कमाउने पेशाको रुपमा लिदै आएका राजनैतिक दलका जिल्ला स्तरिय नेताहरु र विचौलियाहरुको धन्दा रोकिएको छ भने घटना भन्दा अघि दोषिलाई उम्काउन प्रहरी कार्यालयमा पुग्ने नेताहरुको पुरानो बानीमा सुधार आउदै गएको छ  ।
 
 
 
 

You May Also Like