सुरक्षाकर्मि र संचारकर्मिलाई जोखिमबाट बच्न स्वास्थ्य सामग्री

कोरोना भाईस रोकथाम तथा नियन्त्रणकालागी मुगु जिल्लको विभिन्न स्थानमा खटिरहेका सुरक्षाकर्मि र संचारकर्मिलाई स्वास्थ्य सामग्री उपलब्ध गरिएको छ । कोरोना  भाईरस रोकथाम तथा नियन्त्रणमा  जिल्लामा रहेका क्रियाशिल संचारकर्मि तथा नेपाल प्रहरीलाई मानअधिकार तथा बातबरण बिकास केन्द्र हेरन्डेक नेपालका अध्यक्ष राजु कार्कीको पहलमा मनधरी फाउन्डेसन नेपालले स्वास्थ्य सामग्री बितरण गरेको हो ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा दिन रात खटिरहने नेपाल प्रहरी तथा यो महामारीको प्रबाह नगरी समचार संकलन गर्न हिड्ने जिल्लामा रहेका क्रियाशिल संचारकर्मिलाई प्रमुख जिल्ला अधिकार कृष्णाकुमार निरौलाको रोहबरमा हिरेन्डेक नेपालका मेनेजर नब रावतले जिल्ला प्रहरी कार्यालयका डिएसपी भवनेश्वर प्रशाद शाह र नेपाल पत्रकार महाँसघका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हिरेन्डेक मुगुले जानकारी दिएको हो ।

यो महामारी रोकथामकालागी आफनो ज्यानको प्रबाह नगरी आफनो डयुटीमा खटिने सुरक्षाकर्मि र जिल्ला स्थित संचारकर्मिलाई यो महामारीमा काम गर्न उर्जा थपियोस भन्ने उदेश्यले हेरन्डेक नोपलका अध्यक्ष राजु कार्की को पहलमा मनधरी फाउन्डेसन नेपालको आर्थिक सहयोगमा खरिद गरी पठाएकोे स्वास्थ्य सामग्री नेपाल प्रहरीलाई २८ थान पिपिई २८ फेसियल सेट ९ सय पिस सर्जिकल मास्क १ सय १२ पिस साबुन र ९ थान फस्टयर सेट र जिल्ला स्थित १७ जना क्रियाशिल संचार कर्मिलाई एक एक थान फस्टेका किटबक्स आफनो रोहबरमा जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी कृष्णा कुमार निरौलाले जानकारी दिएका हुन ।

You May Also Like