रोनाल्डोलाई रियल मड्रिडले भन्यो, क्लब छोड्न सक्छौ

एजेन्सी: रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई आउँदो समरमा क्लब छोड्न सक्ने बताएको छ । ३२ वर्षे पोर्चुगिज रोनाल्डोलाई आउँदो समरमा क्लब छोडेर जान सक्ने र त्यसका लागि प्रक्रिया सुरु गर्न भनेको ह्याहु न्युजले दाबी गरेको छ । 

पाँच पटकका बोलोन डी’ओर विजेता तथा अहिलेका फिफा वर्ष खेलाडी रोनाल्डोलाई अनुबन्ध गर्न उनको पुरानो क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) इच्छुक देखिँदै आएका छन् । 

तर म्यानचेस्टर युनाइटेडले आर्सनलका एलेक्स सान्चेजलाई अनुबन्ध गर्ने पक्का भएकाले रोनाल्डोको युनाइटेड यात्रा त्यति सजिलो छैन । 

युनाइटेडले सान्चेजलाई ७ नम्बर जर्सी नै दिने भएकाले पनि रोनाल्डोको युनाइटेड यात्रा अब केही अप्ठेरोमा परेको छ । तर पिएसजी रोनाल्डोका लागि राम्रो विकल्प हुन सक्छ, किनकी पिएसजीले रोनाल्डोको पारिश्रमिक अपेक्षा र मैदानको स्पेस पनि पूरा गर्न सक्ने छ । 

रोनाल्डो र रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबिचको सम्बन्ध पछिल्लो समय राम्रो नरहेको खबर आएका छन् । यसले गर्दा रोनाल्डो रियल मड्रिड छोड्न चाहन्छ । तर केही दिनअघि रियलका प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डो बिनाको रियल मड्रिड कल्पना गर्न नसक्ने बताएका थिए । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like