मेस्सी र रोनाल्डो खेल्ने ला लिगा च्याम्पियनसिप भन्दा पछि, प्रिमियर लिग पहिलो


एजेन्सी:
युरोपमा सन् २०१६–१७ को सिजनमा सबैभन्दा धेरै दर्शक रंगशालमा गएर हेरिएको लिग इंग्लिस प्रिमियर लिग रहेको प्रतिवेदनले देखाएको छ । गएको सिजन प्रिमियर लिगका २० टिमका खेल १३ मिलियन भन्दा बढी दर्शकले रंगशालमा गएर हेरेका थिए । दोस्रो स्थानमा जर्मन बुण्डेस लिगा रहेको छ । बुण्डेस लिगका १८ टिमका खेल १२ मिलियन भन्दा बढी दर्शकले हेरेका छन् ।


तर विश्व फुटबलका दुई महारथी लियोनल मेस्सी र क्रिष्टियोनो रोनाल्डोले खेल्ने स्पेनिस ला लिगा भने तेस्रो स्थानमा पनि परेन । ११ मिलियन भन्दा बढी दर्शक पाएको इंग्ल्याण्डको च्याम्पियनसिप तेस्रो स्थानमा छ । १० मिलियन भन्दा बढी दर्शक मैदानमा पाएको ला लिगा चौथो स्थानमा छ ।

यो भन्दा अघिल्लो सिजन च्याम्पियनसिप बढी दर्शक पाउने युरोपका लिगमा चौथो स्थानमा थियो । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले गएको सिजनको विविध पक्ष समेटेर बनाएको प्रतिवेदनमा यस्तो देखिएको हो । 

बढी दर्शक पाउने युरोपका ६ लिग

  • १) प्रिमियर लिग (इंग्ल्याण्ड): २० टिम, ३८० खेल, १३, ६०७, ४२० दर्शक
  • २) बुण्डेस लिगा (जर्मनी): १८ टिम, ३०६ खेल, १२, ७०३, ८९६ दर्शक
  • ३) च्याम्पियनसिप (इंग्ल्याण्ड): २४ टिम, ५५२ खेल, ११, ०६६, ३६८ दर्शक
  • ४) ला लिगा (स्पेन): २० टिम, ३८० खेल, १०, ६२१, ००० दर्शक
  • ५) सिरी ए (इटाली): २० टिम, ३८० खेल, ८, ३७७, ८६० दर्शक
  • ६) लिग वान (फ्रान्स): २० टिम, ३८० खेल, ७, ९६५, ९४०

     

    हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

     

     

     

You May Also Like