नाटकीय खेलमा मेक्सिकोमाथि पोर्चुगलको सनसनीपूर्ण जित

रारा तालः
१९ असार, मुगु । कन्फेडेरेसन कपको तेस्रो उपाधिका लागि आइतबार भएको खेलमा पोर्चुगलले नाटकीय रुपमा मेक्सिकोमाथि २–१को जित हात पारेको छ । निर्धारित समयको केही सेकेण्ड मात्रै बाँकी रहँदा पोर्चुगलका लागि पेपेले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।  लुइस नेटोले खेलको ५४औं मिनेटमा पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा मेक्सिको हावी भएको थियो ।

पोर्चुगल आफ्ना स्टार खेलाडी रोनाल्डो बिना नै उत्रिएको थियो । पोर्चुगलको खेलमा रोनाल्डोको अभाव देखिन्थ्यो । रोनाल्डो आफ्ना जुम्ल्याहा बच्चा हेर्न बिदामा बसेका छन् ।  खेलको १५औं मिनेटमा पोर्चुगलका खेलाडी आन्द्रे सिल्भालाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि पोर्चुगलको खेल धर्माराएको थियो ।

आन्द्रे सिल्भाको पेनाल्टी प्रहारलाई मेक्सिकन गोलरक्षकले रोकिदिएका थिए ।  अतिरिक्त समयको १४औं मिनेटमा मेक्सिकन खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एड्रियन सिल्भाले गोलमा परिणत गरेपछि पोर्चुगलको जित सुनिश्चित भएको हो । खेलको अन्तिम समय दुबै टिम का खेलाडीले रातो कार्ड बेहोरेपछि १०–१० खेलाडीमा सीमित भएको थियो ।

You May Also Like