कर्णालीको निधारको गरिबीको टीका हटाउने गरी काम: नरेश भण्डारी

काठमाडौं। कर्णाली अञचलबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरुले आगामी २० वर्षमा कर्णालीको समृद्धि हेर्न आम मानिसलाई निम्तो दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कर्णाली कला सांकृतिक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको सम्मान र बधाई कार्यक्रममा बोल्दै कर्णालीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले परनिर्भता हटाएर कर्णालीलाई आत्मनिर्भर बनाउन आफुहरुको अबको प्रमुख कार्यभार भएको बताएका छन् ।

कालिकोटबाट प्रतिनिधि सभा सदस्य दुर्गबहादुर रावतले परनिर्भता हटाए मात्रै कर्णालीको विकास हुने बताए । कर्णालीको विकासको लागि जल, जमिन, जडिबुटी, जंगल र युवा जनशक्तिको सदुपयोग गरेर कर्णालीलाई समृद्ध बनाउन सकिने धारणा ब्यतm गरेका छन ।

कर्णालीको युवा शक्तिको पसिना कर्णालीमै बग्ने वातावरण बनाउने प्रतिवद्धता समेत जाहेर गरे । राज्यको नीतिका कारण कर्णाली पछाडि परेको बताउँदै रावतले अब राज्यले बनाउने नितिहरुमा आफूहरुले ध्यान दिने समेत बताए ।

हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचिन स्वतन्त्र उम्मेदवार छक्कबहादुरलामाले नेपालको कला, साहित्यको शिरविन्दू कर्णाली भएको बताउँदै त्यसलाई बचाउनु पर्ने बताए ।

लामाले कर्णालीको विकास भनेको रुपान्तरण भएको बताउँदै सामाजिक, सांस्कृतिक र आर्थिक रुपमा रुपान्तरण गर्नुपर्ने बताए । त्यसमा सबैको साथ सहयोग हुने विश्वास पनि व्यक्त गरे ।

मुगुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गोपाल बमले कर्णालीको विकासको खाकासहितको ‘कर्णाली घोषणा पत्र’ जारी गर्नुपर्ने बताए । यसैलाई केन्द्रमा राखेर आगामी पाँच वर्ष काम गरे कर्णालीको रुप र परिभाषा फेरिने बताए ।

बमले कर्णालीको संस्कृति उत्कृष्ट भएको बताउँदै गाउँमा लुकेको कला र प्रतिभालाई बाहिर ल्याउनु पर्ने आवश्यकता रहेको पनी बताए । जल, जडिबुटी, पर्यटनको विकास गरे कर्णाली छोटै समयमा समृद्ध बनाउन सकिने बताए ।

जुम्लाबाट निर्वाचित प्रदेश सभा सदस्य नरेश भण्डारीले विगतको राज्य व्यवस्थाले कर्णालीको निधारमा गरिबीको टिका लगाई दिएकाले त्यस टिका हटाउने गरी काम गर्नुपर्ने बताए । कर्णालीलाई पछाडि पार्ने राज्य व्यवस्थाको अन्त्य भएकोले अब समृद्धिको ढोका खुलेको बताए ।

भण्डारीले कर्णालीमा दुःख, पीडा समाचार र साहित्य बन्ने गरेको बताउँदै अब त्यसको ठाउँमा समृद्ध कर्णालीमा बदल्नु पर्ने बताए । अभावको समाचार होइन समृद्धिको समाचार लेख्न देशका सञ्चार कर्मीलाई आह्वान गर्ने अवस्था बनाउन आफू अहोरात्र खट्ने उनले बताए ।

कर्णालीका दुःख र पिडाको सहित्यको परिभाषा बदल्ने छौं । २० वर्षभित्रमा पीडाका साहित्यलाई खुशीको साहित्यमा बदल्ने छौं समृद्धिका समाचार आउने छन र समग्र कर्णालीको समृद्धिलाई हेर्न विश्व भरिका नागरिकहरुलाई नै निम्तिो दिने छौ भण्डारीले भने । उनले संघर्षको संस्कृतिलाई स्थापित गरी ६ नम्बर प्रदेशलाई आत्मनिर्भर प्रदेश बनाउने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

?दचरश्रकालिकोटबाट प्रदेश सभामा निर्वाचित महेन्द्रबहादुर शाहीले कर्णालीको विकासको लागि सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने धारणा राखे । उनले अब अरुलाई गाली गर्ने होइन आफै जुट्ने संस्कृतिको विकास गर्नुपर्ने बताए ।

कर्णालीको विकासको लागि सडक, विजुली, खानेपानी विकास गर्दै प्राकृतिक स्रोत साधानको सदुपयोग गर्ने नीति बनाउनु पर्ने छ । कर्णालीले परनिर्भता होइन आफुनै पौरखमा विश्वास गर्नुपर्ने शाहीको भनाई छ । उनले कर्णालीका कला, संस्कृतिसँगै भाषाको संरक्षण गर्नुपर्ने धारणा समेत ब्यक्त गरेका छन ।

मुगुबाट प्रदेश सभा सदस्यमा निर्वाचित दानसिंह परिवारले पृथ्वीनारायण शाहले एकीकरण गरेर कर्णालीको राज्य खोसेको बताए त्यस पछि सिंगो कर्णाली क्षेत्र पछाडि परेको उनको दाबि छ । कर्णालीको कला, साहित्यको संरक्षणको लागि ‘कर्णाली प्रज्ञा प्रतिस्ठान’ गठनको पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा डा दिपेन्द्र रोकायाले कर्णालीको समृद्धिका लागी जनप्रतिनिधिहरुलाई एक जुट भएर लाग्न सुझाव दिएका छन् । त्यसको लागि कर्णालीको वृहत योजना बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा कर्णालीका नव स्रष्टाहरु संकल्प निर्मोही, हिम्मत शाही, कमल कोपिला, प्रकाश बम, लालप्रसाद पोखरेललगायतले गीत, कविता, गजल, मुक्तकबाट जनप्रतिनिधिलाई कर्णालीको पक्षमा काम गर्न आग्रह गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुलाई आफूहरुले खबरदारी गर्ने समेत बताएका थिए ।

साभारः Everest Dainik

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like