मुगुमा ट्रयाक्टर दुर्घटनामा परेका बडुवालको मृत्यु

गमगढीः मुगु सदरमुकाम गमगढीमा रहेको न्युरोडमा भएको ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । गमगढी बजारको न्युरोड क्षेत्रमा पार्कीमा राखिएको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।

न्युरोडमा पार्कीमा राखिएको भे १ त ७९६८ नम्बरको ट्याक्टरलाई बाटो खुलाउन भन्दै भे १ त ७२४० का सहचालक डबल बडुवालले चलाई मोडुन खोज्दा ट्याक्टर अनियन्त्रीत भएर पल्टीदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छायाँनाथ रारा नगरपालीका वडा नं १० गाँडापानीका गाउँका भे १ त ७२४० नम्बरका सहचालक अन्दाजि २२ बर्षका डबल बडुवालले भे १ त ७९६८ नम्बरको ट्याक्टरमा चालक नभएका बेला ट्याक्टर चलाई बाटो खुलाउन खोज्दा मृत्य भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

सहचाल बडुवाल लाई उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यलय लगिएपनी बाटैमा मृत्यु भएको देखिएको जिल्ला स्वास्थ्य कार्यलय मुगुले जनाएको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like