काठमाडौं: अन्धविश्वास र संरक्षणमा चासो नपुग्दा बगाले बगेडी चरा अति संकटापन्नको सूचिमा परेको छ । नेपाल, चीन, भियतनाम लगायत देशमा पाइने यो चरालाई वातावरणको अध्ययन गर्ने संस्था इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर एण्ड बर्ड लाइफ इन्टरनेसनलले अति संकटापन्न को सूचिमा राखेका हुन् ।
यसको मासु खादा यौन शक्ति बढ्ने अन्धविश्वासका कारण चराको शिकारी बढेकोर संरक्षणमा कुनै निकाय चनाखो नहुँदा अति संकटापन्नको सूचिमा परेको चराविद् हेमसागर बरालले बताउनुभयो । भंगेरा जस्तै देखिने यो चरा पहिले पहिले सयौँको संख्यामा बगालमा हिँड्ने गरेकोमा अहिले एक दुई वटा पनि भेट्न मुश्किल भएको उहाँले जानकारी दिनुभयो ।
नेपालका रेस्टुरेण्टमा समेत बगाले बगेडी चराको मासु बिक्री हुँदा समेत संरक्षणमा सरकारले चासो दिन सकेको छैन । यो चरा संरक्षणमा ध्यान नदिए अबको एक दुई वर्षमा विश्वबाटै लोप हुने खतरा रहेको चराविद् बरालले बताउनुभयो । छातीमा पहेलो रंग हुने हुँदा बगाले बगेडी चरालाई अंग्रेजीमा येल्लो ब्रेस्टेड बन्टिङ भनिन्छ ।
चरालाई ०७ तस्विरमा हेरौँ