सीके राउत जनकपुरबाट पक्राउ

धनुषा । चुनाव विरोधी गतिविधि गरेको आरोपमा  सिके राउत पक्राउ परेका छन् ।

उनलाई जनकपुरस्थित डेराबाट बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । उनले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए । प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राउतको स्थायी घर सप्तरी भएपनि उनी जनकपुरमा डेरा गरेर बस्दै आएका छन् । सिके राउतले मधेसमा भोट बहिस्कार गर्ने अभियान चलाउँदै आएका थिए । 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like