सोरु गाउँपालिकामा एमालेद्धारा टिकट वितरणमा अनियमिता

रारा सञ्चार,
मुगु, १४ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र टिकट वितरण गर्ने क्रममा अनियमिता भएको छ । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकामा एमालेले वडाका टिकट वितरण गर्ने क्रममा नेता नजिकका व्याक्तिलाई दिएको हो ।

नेकपा (एमाले) भातृ संगठन अनेरास्ववियुका नेता रुपसिंह सुनारका अनुसार सोरु गाउँपालिकामा भएका ११ वडामा वडा अध्यक्षको टिकट दिने क्रममा नेता नजिकका व्याक्तिलाई मात्र दिएका छन् ।

एमाले भित्र लामो समयसम्म काम गरेका कार्यक्रर्तालाई नदिएर व्याक्तिवादी हावी भएको उनको आरोप छ । ‘सोरु गाउँपालिकामा टिकट वितरण गर्दा एमाललेका नेताले व्याक्तिवादी, मनपरी ढंगले टिकट वितरण गरेका छन्,’ सुनारले भने, ‘टिकट वितरणमा समावेसी, दलित र महिलालाई समान रुपले टिकट वितरण नगरेकोमा मेरो विरोध छ ।’

एमाले भित्र टिकट वितरण गर्ने क्रममा समावेसी नभएको भन्दै सुनारले निर्वाचन कार्यलय सोरुकोटमा दावी पेस गरेको बताए ।

You May Also Like