अब विकासको अन्तिम धक्का दिनुछ : प्रचण्ड

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताएका छन्।

चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आज संवाददातासँग कुरा गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए। ‘मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मेरो पहुँच छ,’ उनले भने, ‘जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्नेछु।’

आफूहरु समाजवादको लक्ष्यमा पुग्न चाहेका बताउँदै उनले त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी रहेको भनाइ राखे।

वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उनले थपे, ‘हामीले लोकतन्त्र मास्न लागेका छैनौं बरु थप सुदृढ गर्न खोजेका हौं।’

छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलोमा लागेको उनको भनाइ थियो। ‘मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु,’ उनले भने।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like