बुवाआमा भेट्न दुई बालकले गरे बसको तल बसेर ८० किलोमिटर यात्रा

चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चा सुरु भएको छ ।


चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन । उनीहरु दक्षिणी गुएङझीबाट अभिभावक भेट्नका लागि बसको डिक्कीमा लुगेर गुएङदोङ प्रान्त गएका हुन् । उनीहरु नोभेम्बर २३ मा हराएको उनीहरुका शिक्षकले बताएका थिए । ती दुई बालक त्यही दिन बस पार्कमा बसको तल भेटिएका हुन् । तस्बिर तथा भिडियोमा दुई बालक हिलोले लत्तपतिएको देखिन्छ ।

उनीहरु बसको तल्लोभागमा रहेको भागमा बसेर ८० किलोमिटर यात्रा गरेका हुन् । साउथर्न मर्निङ पोस्ट का अनुसार दुई बालक ८ वा ९ वर्षका छन् । ती बालकलाई सुरक्षाकर्मीले गाडी जाँचका लागि रोकेका बेला देखेका हुन् । बसको तल बालक देखेपछि बसका कर्मचारी अचम्मित भएका थिए । दुई बालकले आफ्नो बुवाआमालाई निकै सम्झिएको र उनीहरुलाई भेट्नका लागि बसको डिक्कीको सहारा लिएको पत्रिकाले उल्लेख गरेको छ ।


उनीहरुको आर्थिक अवस्था कमजोर रहेको पनि जनाइएको छ । ती बालकलाई नोभेम्बर २३ कै दिन आफन्तको जिम्ममा लगाइएको थियो । तर त्यसपछि उनीहरुको तस्बिर सामाजिक सञ्जालमा सेयर भएको छ र यसले बालबालिकाको सुरक्षाको विषयलाई लिएर चर्चा सुरु भएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like