रुसी भूभागमा आक्रमण गरिरहेका छैनौँ: जेलेन्स्की

बर्लिन । रुसका लक्ष्यहरू प्रहार गर्ने युक्रेनको कुनै योजना नरहेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जर्मनीमा नयाँ रक्षा सहायता प्याकेज सुरक्षित गरेसँगै उनले सो कुरा बताएका हुन् ।

रुसले युक्रेनले यस महिनाको सुरुमा मस्कोको क्रेमलिनमा ड्रोन आक्रमणसहित देशभित्र बारम्बार लक्ष्यहरू प्रहार गरेको आरोप लगाएको छ। युक्रेनले आरोपहरू अस्वीकार गर्दै आएको छ ।

बर्लिनमा चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि उनले भने, ‘हामी रुसी भूभागमा आक्रमण गरिरहेका छैनौँ । हामी अवैध रूपमा कब्जा गरिएका क्षेत्रहरू हटाउनका लागि प्रतिआक्रमणको तयारी गरिरहेका छौँ।’

स्कोल्जले युक्रेनलाई ‘आवश्यक भएसम्म’ समर्थन गर्ने वाचा गरे र २।७ बिलियन युरो मूल्य बराबरको हतियार दिने घोषणा गरे । यसमा उन्नत जर्मन लियोपार्ड ट्याङ्कहरू तथा युक्रेनलाई लगभग दैनिक घातक रुसी मिसाइल र ड्रोन आक्रमणहरूबाट बचाउन थप एन्टी(एयरक्राफ्ट प्रणालीहरू समावेश छन्।

You May Also Like