नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को: रेड्मी १२ सि

काठमाडौं । नेपाली स्मार्ट फोन बजार मा उपलब्ध कम मुल्य का सेटहरु मध्य रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट हो । सुरुवाती मूल्य करिब रु १३००० रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी को ३ जीबी ३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु १३,४९९ रहेको छ ।

थप स्टोरेज चाहनुहुने ग्राहकहरुको लागि ४ जीबी  ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९ र ६ जीबीं १२८ जीबी भेरियन्ट मात्र रु १६,९९९ मा उपलब्ध छ । बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन्। साथै ६ जीबीं १२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी डिस्प्ले रहेको छ । आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा परिचित छ र रेड्मी १२ सी त्यसैको जबर्दस्त उदाहरण हो ।

You May Also Like