कर्मचारीको काज सरुवामा सहमति नदिने आयोगको निणर्य

काठमाडौं: निर्वाचन आयोगले ३ जना प्रमुख जिल्ला अधिकारीसहित ६ जना कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । सरकारले राजपत्र द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवा गरेर सहमतिका लागि पठाएपनि आयोगले सहमति नदिने निर्णय गरेको हो ।

साथै आयोगले २४ घण्टाभित्र कर्मचारी सरुवाको सक्कल फाइल उपलब्ध गराउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ । गृह मन्त्रालयले काज सरुवा गरेका छजना कर्मचारीमध्ये ३ जना प्रमुख जिल्ला अधिकारी छन् ।निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काजमा खटाउन नमिल्ने प्रावधान छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
रारा सञ्चार अनलाइनः यहाँ
कर्णाली अनलाइनः यहाँ

You May Also Like