एलजी सिने सर्कल अवार्ड : जात्राले मार्‍यो बाजी


रारा तालः
निजी क्षेत्रबाट निर्मित पहिलो नेपाली चलचित्र माइती घरलाई सम्झँदै आयोजित एलजी सिने सर्कल अवार्ड २०७४ मा चलचित्र जात्राले बाजी मारेको छ ।

धेरै विधामा प्रदीप खड्का निर्देशित चलचित्र जात्राले अवार्ड हात पारेको छ । नेपाली सेनाको साङ्गीतिक समूहको प्रस्तुतिबाट सुरु भएको अवार्ड कार्यक्रममा चलचित्र माइतीघरका अभिनेता सिपि लोहनी तथा अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरिएको थियो ।

माइतीघरले नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेको र यसले नेपाली सिनेमालाई उचाईमा पुर्याएको भन्दै चलचित्रको टिमलाई नै सम्मान गरिएको थियो ।

पुराना दिन सम्झदै र आफूलाई ठूलो सम्मान मिलेको भन्दै कुनै समयकी भारतीय चलचित्र उद्योगकी चर्चित कलाकार माला सिन्हा भावुक भएकी थिइन् ।

धेरै जसो विधामा मनोनयनमा परेको जात्राले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सिनेमाटोग्राफरसहितका अवार्ड हात पार्‍यो । जात्राका निर्देशक प्रदीप भट्टराई उत्कृष्ट निर्देशक, बिपिन कार्की उत्कृष्ट नायक, वर्षा राउत उत्कृष्ट नायिका घोषित भए ।

त्यस्तै नेपाली चलचित्रको क्षेत्रमा द्वन्द्व निर्देशक भएर योगदान पुर्‍याएबापत वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली चलचित्र क्षेत्रले समाज रुपान्तरणका लागि विशेष भूमिका खेलिरहेको बताउनुभयो ।

एलजी सिने सर्कल अवार्डका अन्य विजेता

  • बेस्ट म्युजिक डिरेक्टरः कालीप्रसाद बास्कोटा, नीर जैले रिसाउनी, पुरानो डुङ्गा
  • बेस्ट कोरियोग्राफरः कविराज गहतराज, पूर्व पश्चिम रेल, छक्का पन्जा
  • बेस्ट सिनेमाटोग्राफरः दीर्घ गुरुङ, जात्रा
  • उत्कृष्ट पाश्र्व गायन (पुरुष): युवराज चौलागाईं, पलाँस
  • उत्कृष्ट पाश्र्व गायन (महिला): मिना निरौला, ठमेल बजार, लूट २
  • चर्चित कलाकार (पुरुष): दीपकराज गिरी, छक्का पन्जा
  • चर्चित कलाकार (महिला): प्रियंका कार्की, छक्का पन्जा

You May Also Like