नेइमारको दाउ : बार्सिलोनाले ताकेका कोन्टिन्होलाई पनि लैजाने

बार्सिलोनाका स्टार खेलाडी नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । बार्सिलोनाले अहिलेसम्म नेइमारले क्लब छोड्न लागेको कुरा स्वीकार नगरेपनि नेइमारको ठाउँमा अनुबन्ध गर्ने खेलाडीको खोजी भने सुरु गरिसकेको छ । बार्सिलोनाको प्राथमिकतामा परेका खेलाडी हुन् लिभरपुलका फिलिप कोन्टिन्हो । तर नेइमारको पिएसजी अनुबन्ध अहिलेसम्मकै उच्च मूल्यको हुने भएका कारण मात्रै चर्चामा नहुने दाबी गरिएको छ ।
त्यो किन भने ब्राजिलका नेइमारले कोन्टिन्होलाई पनि पिएसजीमै अनुबन्ध हुन आग्रह गरिरहेको खबर छ । कोन्टिन्हो पनि ब्राजिलकै खेलाडी हुन् । दुवै २५ वर्षका रहेको र उनीहरुबिच गहिरो मित्रता भएकाले नेइमारले कोन्टिन्होलाई पिएसजी नै आउनु भनेको खबर छ । नेइमारले कोन्टिन्होलाई ह्वाट्सएपमा म्यासेज पठाएर पिएसजी आउन भनेका हुन् । नेइमार आफ्नो निकै मिल्ने साथी कोन्टिन्होसँग राष्ट्रिय टिमबाट मात्रै होइन क्लबबाट पनि सँगै खेल्न चाहेका छन् । नेइमारलाई पिएसजीले १९ करोड ९० लाख पाउण्डमा अनुबन्ध गर्न लागेको छ ।

You May Also Like